बिदेशबाट एकैदिन चार कफिन, बिदेशमा मृत्युको प्रमुख कारण के-के ?

Posted on: 16 Jun, 2018

असार २, काठमाडौं | त्रिभुवन विमानस्थलको आगमन कक्षबाट शुक्रबार बिहान ३ नेपाली श्रमिकका शव राखिएका कफिन निकालिए । 

कफिनमा शव थिए, भूपेन्द्र दर्लामी मगर, रामसिस मुखिया र दीपक श्रेष्ठका । 

कतारबाट ल्याइएका भूपेन्द्र र रामसिसको कफिन एकै चोटि निकालिएको थियो । साउदीबाट ल्याइएको दीपकको शव रहेको कफिन भने अलि पछि निकालियो । 

दीपकसँगै पठाइएको जितेन्द्रप्रसाद कहरको शव बुझ्न भने साँझ मात्रै आफन्त विमानस्थल पुगे । आजको कान्तिपुरमा समाचार छ ।

खाडी र मलेसियामा कामदार मृत्यु

सन् २०१७: ९५७ जना

पछिल्लो ९ वर्ष: ५,८९२ (महिला १२७)

प्रमुख कारण

– कमजोर अभिमुखीकरण

– ट्राफिक नियम नजानेर

– दिनमा चर्को गर्मी, रातमा अति चिसोमा सुत्दा

– जीवनशैली

यस बिषयमा तपाइको प्रतिक्रिया...!