कुवेतमा चुरोटको ठूटो फाले ५ दिनार जरिवाना

Posted on: 14 Dec, 2018

मंसिर २८,काठमाडौं  कुवेतमा आप्रवासी कामदारका कारण शहर फोहोर बढेपछि त्यहाँको स्थानीय प्रशासनले ठूलो आर्थिक जरीवाना गर्ने कानुनी व्यवस्था गरेको छ । कुवतेले चुरोट पिएर जथाभावी त्यसको ठूटो फ्याँक्नेलाई ५ कुवेती दिनार जरीवाना गर्ने भएको छ ।

कुवेतमा स्थानीय प्रशासनले यसअघि नै अस्पताल, विद्यालय ,कलेज, सार्वजनिक यातायात लगायतका स्थानमा  चुरोट सेवनगर्न प्रतिवन्ध लगाए पनि आप्रवासी कामदार  लगायत पर्यटकबाट त्यसको पूर्ण पालन नभएपछि जरीवाना नै तोकेको त्यहाँको अनलाईन पोर्टल आईमान मातले जनाएको छ।

उक्त अनलाईनका अनुसार जरीवाना सम्वन्धी नयाँ व्यवस्था कडाईका साथ कार्यान्वयनमा आउने छ । उक्त नियमले  सार्वजनिक सफाईमा ध्यान नदिने नेपाली कामदार प्रभावित हुनसक्ने भएकोले सचेत हुनुपर्ने त्यहाँ रहेका नेपाली संघ संस्थाले बताएका छन्

यस बिषयमा तपाइको प्रतिक्रिया...!