पुस १८, बर्दिया | वैदेशिक रोजगारीमा बर्दियाबाट सन् २०१८ मा १०१ महिला रोजगारीको सिलसिलामा गएर हराएको पाइएको छ ।
बढैयाताल गाउँपालिकाबाट ३२, बाँसगढी नगरपालिकाबाट २५, मधुवन नगरपालिकाबाट २२, बारबर्दिया नगरपालिकाबाट छ, राजापुर नगरपालिकाबाट तीन, ठाकुरबाबा नगरपालिकाबाट नौ र गेरुवा गाउँपालिकाबाट चार महिला बेपत्ता भएका छन् ।
उनीहरूको आफन्तले प्रहरी र मानव बेचबिखन विरुद्ध काम गर्ने सङ्घ संस्थामा खोजतलासका लागि निवेदन दिएका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!