धरौटी राख्ने सबै ८४८ म्यानपावरको सूची हेर्नुहोस्

Posted on: 04 Sep, 2019

भदौ १८, काठमाडौँ | बैदेशिक रोजगारीमा पठाउन इजाजतपत्रवाला संस्थाको धरौटी बृद्धिको म्याद समाप्त भएको छ । यससँगै बैदेशिक रोजगार बिभाग मार्फत नयाँ बढेको धरौटी अनुसार बैदेशिक रोजगारीमा पठाउनको इजाजत पाउने म्यानपावरहरुको सूची प्राप्त भएको छ ।  

वैदेशिक रोजगार ऐन २०६४ मा भएको संशोधन बमोजिम बृद्धि गरिएको धरौटी जम्मा गर्ने इजाजतपत्रवाला संस्थाहरुको संख्या ८४८ पुगेको छ । म्यानपावर संस्थाहरुको नगद धरौटीको भेरिफाई गर्ने कार्य भोली मात्रै हुनसक्ने भएकोले ८४८ म्यानपावर संख्यामा हेरफेर हुनसक्ने छ । २ म्यानपावरले ६ करोड, ३ म्यानपावरले ४ करोड र ८४३ कम्पनीले २ करोड धरौटी बुझाएका छन् । 


सरकारले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दै म्यानपावर कम्पनीको धरौटी बढाएको थियो। यसअघि सबै म्यानपावर कम्पनीको धरौटी ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी रहेको थियो । बैदेशिक रोजगार ऐनको पछिल्लो संसोधनमा ३ हजारसम्म पठाउनेलाई २ करोड, ५ हजारसम्म पठाउनेलाई चार करोड र त्यसभन्दा बढी पठाउनेलाई ६ करोड धरौटी राख्नु पर्ने व्यवस्था गरिएको छ । त्यसै अनुसार ८४८ म्यानपावर कम्पनीले तोकिएको धरौटी रकम राखेका हुन् । 

हेर्नुहोस् सूची 




































यस बिषयमा तपाइको प्रतिक्रिया...!