बैदेशिक रोजगारीमा जाने कामदारलाई सिपको अनिवार्यता

Posted on: 15 Sep, 2019

भदौ २९, काठमाडौं | वैदेशिक रोजगारीमा जाने कामदारहरुको अनिवार्य सिप प्रमाणीकरणको व्यवस्था तत्काल लागू नहुने भएको छ | सरकारले उपत्यकाबाहिर पनि तालिम केन्द्रहरुलाई अनुमति दिएपछि मात्रै यो व्यवस्था लागू हुने भएको हो ।

गत असारबाटै विभिन्न १२ वटा क्षेत्रका कामदारलाई वैदेशिक रोजगारीमा जान सिप जानेकै हुनुपर्ने प्रावधान सरकारले बनाएको भएपनि पहिलो पटक तयारी नपुगेकाले नयाँ आर्थिक वर्षबाट सुरु गर्ने भनिएको थियो । तर अहिले वैदेशिक रोजगार विभागले थप १०४ वटा तालिम केन्द्रलाई सूचीकृत गर्न लागेको छ । त्यसका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयमा विभागले सूची पठाएको छ |  विशेषज्ञसहितको टोलीले सस्थाको अनुगमन गरे पछि मात्र अनुमति प्रदान गरिने वैदेशिक रोजगार विभागले जनाएक छ |

विभागले यसअघि सीपमुलक तालिम लिनका लागि २९ वटा तालिम प्रदायक संस्थालाई सूचीकृत गरिसकेको छ । महानिर्देशक भुसालले सुरु भएपछि क्रमैसँग तोकिएका सबै सीपमा आधारित काममा जानेलाई प्रमाणपत्र अनिवार्य गर्दै लैजाने बताए |

म्यानपावर व्यवसायी यस्तो व्यवस्था तत्कालै गर्न नहुने पक्षमा छन् । व्यवस्था लागू भएपछि सिपमुलक तालिम लिएको प्रमाणपत्र पेश नगरी अन्तिम श्रम स्वीकृति नपाइने भएकाले उनीहरुले यसको विरोध गर्दै आएका छन् ।

सरकारले पहिलो चरणमा हाउस वाइरिङ/इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेशन, स्टिल फिक्चर्स, हाउस किपिङ-क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गामेन्ट/टेलरिङ र प्लम्बिङको काम गर्न विदेश जाने कामदारले सिप सिकेको प्रमाणपत्र अनिवार्य गर्न लागेको छ । सुरुआत गरेपछि क्रमसँग अन्य क्षेत्रमा जाने कामदारको हकमा पनि यो नियम लागू गर्दै जाने योजना रहेको जनाइएको छ |

सिप सिकेर मात्रै विदेश जाँदा कामदारको सेवा सुविधा पनि राम्रो हुने र कामदारको कार्यस्थलमा सुरक्षा पनि प्रत्याभूत हुने विभागको विश्वास रहेको छ |

‘कामदारको सुरक्षा र हितका लागि यो व्यवस्थाले महत्वपूर्ण भूमिका खेल्छ । विदेश जानुअघि सिप सिक्नुपर्छ भन्ने संस्कारको विकासहुने र त्यसो हुँदा रेमिट्यान्स पनि बढ्ने छ भने कामदारले विदेशमा पनि असल वातावरणमा सहजसँग काम गर्न सक्ने अवस्था बन्ने बिश्वास लिइएको छ |

असारबाट पहिलो चरणमा १२ क्षेत्रका कामदारलाई सिपको प्रमाणपत्र अनिवार्य गर्न तयारी गरिएको छ | यो व्यवस्था लागू भएपछि सूचीकृत संस्थाबाट कामदारले सिप सिकेर प्रमाणपत्र ल्याउनुपर्नेछ । यसअघि नै सिपमुलक तालिम लिएका र कुनै व्यवसाय वा प्रतिष्ठानमा काम गरी अनुभवको प्रमाणपत्र पाएकाहरुले वैदेशिक रोजगार बोर्डको सचिवालयमार्फत आधिकारिकता प्रमाणित गर्नुपर्नेछ |

विभागले भने तालिम प्रदायक संस्थालाई व्यवस्थित गर्न सरकारले काम गर्ने भन्दै तालिम सिकेका कामदारलाई विदेश पठाउने नीतिबाट पछि हट्न नसकिने बताएको छ । तयारी सक्नासाथै यो व्यवस्थालाई कार्यान्वयनमा लैजाने विभागको भनाई छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!