असोज २८,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा महेश दाहाललाई नियुक्त गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा उनलाई मंगलबार राष्ट्रपति भण्डारीले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए।
संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा महेशलाई अस्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ। तत्कालीन राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएपछि लामो समयदेखि अष्ट्रेलिया राजदूत रिक्त थियो।
यस बिषयमा तपाइको प्रतिक्रिया...!