ओली र मोदी टेलिफोन वार्ता: नेपाल-भारत सीमा समस्या समाधान गर्न सहमत

Posted on: 02 Jan, 2020

पुष १७, काठमाडौँ | सीमा विवाद समाधान गर्न द्विपक्षीय वार्ताको  तयारी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । 

वार्तामार्फत द्वीपक्षीय समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन उनीहरुबीच सम्बाद भएको हो । इस्वी संवत् २०२० को शुभकामना आदानप्रदान गर्न भएको टेलिफोन वार्ताका क्रममा यस्तो छलफल भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

गत कात्तिक दोस्रो साता भारतले नेपालको कालापानी लिपुलेक लगायतका भू–भाग आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेपछि ओली र मोदीबीच पहिलोपटक संवाद भएको हो । सीमा विवाद समाधान गर्न दुवैतर्फका कूटनीतिक माध्यमबाट सम्पर्क हुँदै आएको छ । 

दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सन् २०१९ सफल रहेको र सन् २०२० अझै उचाइमा पुर्याउन सफल हुनेमा दुवै प्रधानमन्त्रीले विश्वास व्यक्त गरेको प्रधानमन्त्री ओलीका सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । 

- यो समाचार आजको नेपाल समाचार दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!