विदेशबाट फर्किएका २८ नेपालीहरु दिल्ली एयरपोर्टमा अलपत्र(नामावली सहित)

Posted on: 20 Mar, 2020

चैत ७, काठमाडौं | विभिन्न देशबाट भारतको नयाँ दिल्ली स्थित अन्तर्राष्ट्रिय विमान स्थल हुँदै आएका २८ नेपाली अलपत्र परेका छन् | युएईबाट एयर ईण्डिया फ्लाईटमार्फत दिल्ली हुँदै नेपाल आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र परेको न्युज २४ ले समाचार प्रशारण गरेको छ |

आवुधावी, दुबई लगायतबाट नयाँ दिल्ली हुँदै नेपाल आउँदै गरेका उनीहरुलाई कोरोना टेष्टका नाममा एयरपोर्टमा रोकिएपछि अलपत्र परेका हुन् | बिहान ४ बजे एयरपोर्ट आइपुगेका उनीहरु अहिलेसम्म नेपाल आउन नपाएको एक पीडितले बताए |

कोरना चेक गर्ने भन्दै समय लम्व्याएपछि प्लेन छुटेको र अहिले नेपाल जान ४० हजार देखि ६० हजार भारतीय रुपैयाँ तिरी टिकट काट्नु परेको नेपालीहरुले बताएका छन् | विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण सरकारले शुक्रबार देखि अप्रिल २० सम्मका लागि नेपालीहरुलाई समेत प्रवेश निषेध गरेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!