मलेसियामा आवतजावतलाई नियन्त्रण गर्न लगाएको बन्देज अवधि दुई साता थपियो

Posted on: 10 Apr, 2020

चैत २८, काठमाडौँ । मलेशिया सरकारले आवतजावतलाई नियन्त्रण गर्न लगाएको बन्देज (एमसीओ) दुई साताका लागि थप गरेको छ । मलेशियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले देशवासीका नाममा सम्वोधन गर्दै एमसीओ आगामी अप्रिल २८ सम्म जारी रहने घोषणा गरेका हुन् ।

एमसीओ जारी रहेपनि धेरै औद्योगिक क्षेत्रहरु भने खुल्ला गर्ने र यसको घोषणा छिट्टै हुने उनले बताएका छन् । स्वास्थ्य अधिकारीहरुको सल्लाह अनुसार नै एमसीओको समय बढाएको प्रधानमन्त्री यासिनले बताएका छन् । विश्व स्वास्थ्य संगठनले पनि मलेशियालाई एमसीओ हटाउन हतार नगर्न मलेशियालाई सल्लाह दिएको थियो ।

यसैविच मलेसियास्थित नेपाली दुतावासले पनि मलेसिया सरकरले आवागमन नियन्त्रण आदेशको पालाना गर्न मलेसियामा रहेका नेपालीहरुमा अनुरोध गरेको छ । मलेशियामा हालसम्म कोभिड १९ का कारण ६७ जनाले ज्यान गुमाएका छन् ।

Image may contain: text

यस बिषयमा तपाइको प्रतिक्रिया...!