विदेशमा समस्यामा परेकाहरुलाई भोलिबाट नेपाल ल्याइने, पहिले कुन देशका ?

Posted on: 04 Jun, 2020

जेठ २२, काठमाडौं । सरकारले शुक्रबार (भोलि)बाट विदेशमा समस्यामा परेका नागरिकलाई स्वदेश फर्काउन सुरु गर्ने भएको छ । पहिलो चरणमा शुक्रबार युएई रहेका नेपालीहरुलाई स्वदेश फर्काइन लागिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले साझा सबालालई जानकारी दिए ।

युएईबाट १ सय ७९ जना र म्यानमारबाट ३५ जना गरी २१४ जना नेपाली फर्काइने जनाइको छ । यी दुबै देशबाट सम्बन्धित देशले नै नेपालीलाई ल्याइदिने भएका हुन्। म्यानमारले आफ्ना नागरिकको उद्धारका लागि नेपाल आउने तयारी गरेको थियो । त्यहीबेला नेपालीलाई उसकै खर्चमा ल्याइदिने भएको हो । त्यहाँबाट फर्किन चाहनेको संख्या ३५ जना रहेको र उनीहरुलाई फर्काउन लागिएको हो ।

पहिलो चरणमा सम्बन्धित देशकै खर्चमा फर्काइदिने नेपालीलाई ल्याउन लागिएको हो । युएईले शुक्रबारदेखि ८ वटा चार्टर फ्लाइटमा नेपालीलाई फर्काउने भएको छ । यसको सूची युएईले पठाइसकेको छ।

उता कुवेतमा ३ हजार नेपाली श्रमिकले आममाफी पाएका छन्। आममाफी पाएका कामदारलाई कुवेतले हवाई टिकट सहित नै नेपाल फर्काइदिने भएको छ।  उनीहरुलाई फर्काउने मिति र विस्तृत तथ्यांक त्यहाँस्थित दूतावासले तयार गरिरहेको छ । 

विदेशबाट फर्काइनेहरुलाई होल्डिङ सेन्टर र क्वारेण्टिनहरु तयार, कहाँ कहाँ छन् हेर्नुहोस्

यस बिषयमा तपाइको प्रतिक्रिया...!