माल्टामा आकर्षक रोजगारीको अवसर, तलब २ लाख ८२ हजारसम्म, सेवा शूल्क ३० हजार मात्रै !

Posted on: 03 Dec, 2020

मङ्सिर १८, काठमाडौं । वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आएको छ । माल्टाको इस्टन कन्सल्टेन्सी सर्भिस कम्पनीले विभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग गरेको छ । 

नेपालको अक्सन इन्टरनेशनल प्रा. लिले वैदेशिक रोजगार कार्यालय ताहाचलबाट माल्टाको डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरेको हो । सेक्युरिटी गार्ड, वार टेन्डर, पिज्जा मेकर, वेटर, किचन हेल्पर, केयर गिभर लगायत विभिन्न १२ पदका लागि श्रमिकको माग गरिएको छ ।  

डिमाण्डमा आवेदन गर्न यहाँ क्लिक गर्नुहोला 

खाने बस्ने सुविधा सहित काम अनुसार न्यूनतम मासिक तलब १ लाख ३४ हजार देखि अधिकतम २ लाख ८२ हजार सम्म तोकिएको छ । ओभर टाईम सुविधा, वार्षिक बिदा कम्पनीको नियमानुसार हुने जनाइको छ ।  

सम्बन्धित काममा ३ वर्षको अनुभव हुनेले डिमाण्डमा आवेदन दिन सक्ने म्यानपावरले जनाएको छ । स्वदेशमा गरिने मेडिकलको शुल्क, म्यादी जीवन बीमाको प्रिमियम, अभिमुखीकरण शुल्क र भिसा स्ट्याम्पीङ्ग शुल्क वापतको रकम कामदार आँफैले व्यहोर्नुपर्ने म्यानपावरले जनाएको छ । विदेशमा गर्ने मेडिकलको खर्च, भिसा शुल्क, हवाई टिकट, रोजगारमा हुने बीमा बापतको प्रिमियम शुल्क सबै रोजगारदाता कम्पनीले व्यहोर्ने जनाइएको छ  ।

डिमाण्डमा माग गरिएका पदहरुको लागि मंसिर १३, २४ र २५ गते म्यानपावर कार्यालय काठमाडौमा हुनेछ । 

वैदेशिक रोजगार विभागबाट गराइएको जानकारी 

१. आफ्नो नाममा मिसा प्राप्त भईजाने निश्चित भएपछि मात्र कम्पनीमा गई रकम बुझाउनु होला । बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला । 

२. आफु काम गर्न जाने मुलकामा रहेको नेपाली कुटनीतिक नियोगको सम्पर्क ठेगाना र फोन नम्बरहरु साथमा राख्नुहोला । आफु कठिनाईमा पर्दा सजिलो हुन्छ । 

३. यस विज्ञापन सूचनामा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनहोला ।

४. विदेश जानुअघि  अभिमुखीकरण वा इडवरान तालिम अनिवार्य लिनुपने छ ।

५. विदेश जानुअघि  आफु  जाने मुलुक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य सर्तबारे राम्रोसंग पढेर मात्र सम्झौतापत्रमा हस्ताक्षर गर्नु होला र सो को एक प्रति आफुसंग राख्नुहोला ६.काममा विदेश जाँदा नेपालको विमानस्थल प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भाव्यता हुन्छ । 

७. यस विज्ञापन सम्बन्धमा थप केहि बुझ्नुपरेमा  वैदेशिक रोजगार विभाग बुद्धनगरमा सम्पर्क गर्नुहोला ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!