मलेसियाको टप ग्लोब्स कम्पनीले श्रमिकलाई कोरोना बिरुद्धको खोप् लगाउने

Posted on: 02 Feb, 2021

माघ २०, काठमाडौँ । मलेसियाको टप ग्लोब्स कम्पनीले आफ्ना श्रमिकलाई विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्धको उपलब्ध गराउने भएको छ । उक्त कम्पनीले कार्यरत स्वदेशीसँगै विदेशी  श्रमिकलाई खोप लगाउने बताएको छ ।

टप ग्लोब कम्पनीमा २१ हजार श्रमिक कार्यरत रहेका छन् । ५ हजार १ सय ४७ जनामा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य शुरक्षाका मापदण्ड पालना नगरेको र श्रमिको स्वास्थ्य प्रति चाँसो नदेखाएको भदै   मलेसियाका अधिकारीले टप ग्लोबको ४१ वटा उद्योगमध्ये २८ वटा बन्द गराएका थिए ।  

कम्पनीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै श्रमिकहरूको बासस्थानलाई गुणस्तरीय बनाइरहेको बताएको छ । सरकारले बास्थान सम्बन्धि जारी गरेको मापदण्ड कार्यान्वयन गरिएको कम्पनीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!