अब साउदी अरबले रोजगारीमा जानु अगाडी नै सीप परिक्षण गर्ने

Posted on: 19 Mar, 2021

चैत ६, काठमाडौँ । साउदी अरबले सीपमूलक रोजगारीमा जानेहरुको सीप परिक्षण गर्ने भएको छ । सीपयुक्त काममा आउने विदेशी श्रमिकलाई भित्रियाउनु अगाडी नै अनिवार्य रुपमा सीप परिक्षण गर्ने भएको साउदी  अरवको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आगामी जुलाई देखि यस्तो कार्यक्रम सुरु हुने भएको हो । साउदी अरबले प्रतिस्पर्धी जनशक्तिलाई भित्रियाउन यस्तो व्यवस्था गर्न लागेको जनाएको छ । उक्त कार्यक्रम अन्तर्गत साउदीले कुनै पनि श्रमिकलाई भिसा उपलव्ध गराउनु अगाडी सो व्यक्तिको सीप परिक्षण सम्वन्धित मुलुकमा नै गर्ने व्यवस्था गरिने अरव न्यूजले जनाएको छ ।

उक्त साउदी अरवको सो निर्णयको विभिन्न देशका दूतावासहरुले स्वागत पनि गरेका छन् । कार्यक्रम अनुसार सीपयुक्त काममा आउनेहरुको सीप परिक्षण सम्वन्धित मुलुकमा नै हुनेछ । यसका लागि अन्तराष्ट्रिय सीप परिक्षण केन्द्रहरुसँग समन्वय हुने जनाइएको छ । 

यसैगरी साउदी अरवमा नै कार्यरतहरुको सीप परिक्षण पनि गरिने सो मन्त्रालयले जनाएको छ । साउदी अरवको सो कार्यक्रमको श्रीलंका, पाकिस्तान, ईण्डोनेशिया लगायतका मुलुकका राजदूतहरुले स्वागत गरेको समाचारमा उल्लेख गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!