इजरायल रोजगारीका लागि छानिए १६ सय नेपाली (नतिजा सहित)

Posted on: 26 Sep, 2021

असोज १०, काठमाडौँ | वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा जान भाषा परीक्षा पास गरेकाहरु मध्येबाट १६ सय जना अर्को चरणको लागि सिफारिस गरेको छ। विभागले असोज ४ गतेदेखि ९ गतेसम्म लिएको अन्तर्वार्ताबाट १६ सय जना छनोट गरी नेपाल स्थित इजरायली दूतावासलाई छनौट नामावली बुझाएको छ । 

इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । जस मध्ये ६ हजार ३९७ जना लिखित परीक्षामा सहभागी भएकोमा १ हजार ३९५ जना महिला र ६ सय ४४ पुरुष गरि कुल २ हजार ३९ जनाले अंग्रेजी भाषा परीक्षा पास गरेका थिए । 


तिनैमध्ये अन्तर्वार्ताको लागि १८ सय ३ जना सहभागी भएका थिए । अन्तर्वार्ताबाट ११ सय २० जना महिला र ४८० जना पुरुष गरि १६ सय जना सिफारिस भएका हुन् । 

अब सिफारिसमा परेका १६ सयलाई इजरायल सरकारले कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्नेछ । 

नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन सुसारे (केयरगिभर)का लागि नेपाली सहायक कामदार पठाउन लागेको हो । यो प्रक्रिया नेपाल सरकार र इजरायल सरकारबीच जिटुजी मोडलबाट भएको छ । 

इजरायल नेपाली कामदारहरुको लागि आकर्षक गन्तव्य मानिन्छ । इजरायल रोजगारमा जानेहरुले एक वर्षको करार अवधिको लागि जाने भएपनि ५ वर्षसम्म भिसा थप गरेर काम गर्न सक्छन् । इजरायल जानका लागि अनुमानित १ लाख ६५ हजार ७०० लाग्ने अनुमान छ भने मासिक करिव १ लाख ९० हजार तलब प्राप्त गर्न सक्छन् ।

नतिजा हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!