कतारद्वारा नेपालसहित दक्षिण एसियाका कामदारले पालना गर्ने नियम परिमार्जन

Posted on: 05 Oct, 2021

असोज १९ , काठमाडौं। कतारले नेपालसहित दक्षिण एसियाका देशबाट जाने कामदार लगायत यात्रुले पालना गर्नुपर्ने नियममा परिमार्जन गरेकोे छ ।  दक्षिण एसियाका देशबाट जाने कामदार लगायत यात्रुले पालना गर्नुपर्ने नियममा थप परिमार्जन गरेकोे हो । दूतावासले  नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, श्रीलङ्का लगायतका देशबाट कतार प्रवेश गर्दा पालना गर्नुपर्ने नियममा परिमार्जन गरेको जनाएको छ ।

कतार  प्रवेशका लागि मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट पीसीआर परीक्षण गरेको ७२ घण्टाभित्रको नेगेटिभ प्रमाणपत्र साथमा हुनुपर्ने पुरानो नियम यथावत् राख्दै कतारले  नयाँ पनि तोकेको छ ।

नयाँ नियम अनुसार कतारमा पहिलोपटक प्रवेश गर्ने  विदेशी यात्रुले कतार सरकारले सञ्चालनमा ल्याएको वेबसाइटमा लगईन गरी पीसीआर परीक्षणको प्रमाणपत्र, खोप लगाएको प्रमाणपत्र र अन्य आवश्यक  कागजातहरु अपलोड गरि प्रि–रजिष्ट्रेशन गर्नुपर्ने दूतावासले जनाएको छ ।

मोबाइलमा इटेराज मोबाइल एप्लिकेशन अनिवार्य डाउनलोड गर्नु पर्ने भन्दै दूतावासले त्यसको लागि नेपालको सीमकार्डका पनि प्रयोग गर्न सकिने  दूतावासले जनाएको  छ ।

कतार सरकारले सिनोभ्याक,अस्ट्राजेनेका,फाइजर, , सिनोफर्म, मोडेर्ना,  स्पुत्निक भी र जोनसन एण्ड जोनसनलाई मान्यता दिएको छ । यसमध्ये जोनसन एण्ड जोनसन बाहेक अन्य खोपको मात्रा दुवै डोज लगाएको हुनुपर्ने बताएको  छ ।

खोपको मात्रा पूरा गरेको १४ दिन पूरा गरेपछि मात्र यात्रा गर्न सकिने र सशर्त स्वीकृत गरिएका सिनोभ्याक, सिनोफर्म र स्पुत्निक भीको मात्रा पूरा गरेका यात्रुको सेरोलोजी एण्टिबडी रिजल्टको पोजेटिभ रिपोर्ट अनिवार्य चाहिने बताइएको छ ।

कतार सरकारले मान्यता दिएका खोपको पूर्ण मात्रा लगाएको भए पनि दुई दिन होटल क्वरेण्टिनमा बस्नुपर्ने बताएको छ । खोप नै नलगाएका वा खोपको पूर्ण मात्रा नलगाएकाहरुलाई सात दिनसम्म अनिवार्य  होटल क्वरेण्टिनमा बस्नुपर्ने नियम लगाईएको छ । नेपाली दूतावासले कतार सरकारले स्वीकृत गरेका खोप नलगाएका नयाँ यात्रुलाई भने कतार प्रवेश नदिइने प्रबन्ध गरिएको  बताईएको छ ।

त्यसैगरी कतार प्रवेश गर्नुअघि यात्रुहरुले कतारको जनस्वास्थ्य मन्त्रालयको वेबसाइट वा सम्बन्धित एअरलाइन्सको अनलाइन बुकिङ फारममा उपलब्ध हुने प्रतिबद्धता पत्रमा विवरण भरी हस्ताक्षर गरेर यात्रा अवधिभर  साथमा बोक्नुपर्ने व्यवस्था गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!