मलेसियामा एक नेपालीको मृत्यु, शव नेपाल ल्याइदिन सरकारसँग आग्रह

Posted on: 13 Sep, 2016

सल्यान, २८ भदौ । रोजगारीको सिलसिलामा मलेसिया पुगेका घाँजरी पिपल–७ सङ्ग्रहीका ४३ वर्षीय ज्ञानबहादुर वलीको मृत्यु भएको छ । 

एक वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका वलीलाई आइतबार राति डब्लु.एसएम.कोसोन फाइभ कम्पनीमा ड्युटीमा खटिएको बेला पेट दुखेपछि अस्पताल लगिएको थियो । 

वलीको उपचारकाक्रममा मृत्यु भएको मृतक वलीकी श्रीमती सन्तु वलीले जानकारी दिएकी छिन् । वलीको शव मलेसियाकै अस्पतालमा रहेकाले उनले शव ल्याउनका लागि सहयोग गरिदन सरकारसँग आग्रह गरेकी छिन । मृतक वलीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!