सडक ईजाजतकाे माग गर्दै रामेछापका ट्रक ब्यबसायि आन्दोलित

Posted on: 06 Aug, 2016

प्रज्वल पाैडेल | साउन २२,रामेछाप | निर्बाध रुपमा सवारी सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै रामेछापका ट्रक व्यवसायी आन्दोलित भएका छन । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सडक ईजाजत पत्र नभएका सवारी साधनलाई खुर्कोट सिन्धुली सडक खण्डमा सञ्चालन गर्न नदिने निर्णय गरेपछि ट्रक ब्यवसायीआक्रोशित भएका हुन ।

सडक ईजाजत नभएका सवारी साधनलाई उक्त रुटमा सञ्चालन गरे सवारी चालकलाई सार्वजनिक ऐन अन्तर्गत कारबाही गरिने भनि गरिएको निर्णयको ट्रक ब्यवसायी संघर्ष समिती रामेछापले विज्ञप्ति मार्फत आपत्ति जनाएको छ ।कारवाहि गरिने भएपछि तत्काल सो सडक खण्डमा सवारी सञ्चालन अनुमति पत्रको माग गर्दै ट्रक ब्यवसायीहरु आफ्ना मालबाहक सवारी साधन थन्क्याएर चरणबद्ध आन्दोलनमा उत्रनुपरेकाे उनीहरूकाे भनाइ छ । समितिले सम्बन्धित निकाय र ट्रक ब्यवसायीबीच समझदारी कायम गरी खुर्कोट–सिन्धुली र सिन्धुली– खुर्कोट – काठमाडौँसम्मको रुट पर्मिटको ब्यबस्था गरिदिन माग गरेको छ । ट्रक व्यवसायीकाे मागप्रति बेवास्ता गरिए थप संघर्षका कार्यक्रम गर्न बाध्य हुने ट्रक ब्यबसायी संघर्ष समिति रामेछापका अध्यक्ष नबिन कार्कीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!