तरकारीवाली जस्तै भाईरल बन्लिन त यी किशोरी ? (हेर्नुस् तीन तश्विर)

Posted on: 13 Nov, 2016

प्रेम सुनार । कात्तिक २८, गुल्मी | यति वेला सामाजिक सञ्जालमा तरकारी बेच्ने कुशुम श्रेष्ठको तस्वीर भाईरल बनिरहेको सन्दर्भमा गुल्मीको विकट गाउँ दर्लिङ्गमा एक दलित परिवारकी किशोरीको चेहरा त्यसमा  पनि उनका आँखाहरु  त्यस्तै भाईरल बन्न सक्ने देखिएको छ ।

नेटा दर्लिङ्ग उच्च माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजित एकादशी मेलामा आएकी दर्लिङ्ग–६ चौतराकी भर्खर १६ वर्षमा पाईला टेकेकी लक्ष्मी परियारको खैरा आँखा  र चुलवुलेपनमा धेरै युवाहरुको नजर परेको देखिन्थ्यो । 

सोही विद्यालयमा कक्षा ७ मा अध्यानरत लक्ष्मी आफु भविश्यमा मोडल बन्न चाहेको बताईन् । दर्लिङ्ग र वाग्लुङ्ग भेगको मौलिक चेहरा भएकी लक्ष्मीको आँखा र शाररिक वनवटमा  फिल्मी क्षेत्रका कुनै हस्तीहरुको नजर पर्न सके उनी त्यस क्षेत्रमा भविश्यमा जम्न सक्ने देखिन्छ । 

अभियन कला सिक्न चाहेकी लक्ष्मीको सदरमुकाम वा त्यो भन्दा ठुला शहरमा गएर सिक्ने परिवारको आर्थिक अवस्था कम्जोर भएकोले कुनै संघ संस्थाले सहयोग गरे हुन्थ्यो भन्ने उनको आग्रह रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!