२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अभिनयमा कमब्याक गर्दै ऋषि धमला, फिल्म ‘भाइरल गोर्खे’मा पत्रकारको भूमिका निर्वाह गर्ने

२०८१, १३ बैशाख बिहीबार ०८:३७

बैशाख १३, काठमाडौँ । चर्चित पत्रकार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने भएका छन् । सन् २०१६ मा आएको फिल्म ‘हाउ फन्नी’मा पहिलोपटक काम गरेका उनले फेरी अभिनयमा कमब्याक गर्न लागेका हुन् । उनीसँग बिहीबार निर्माताले कागजी सम्झौता गरेका छन् । फिल्ममा धमलाले पत्रकारकै भूमिका निर्वाह गर्ने निर्देशक निगम श्रेष्ठले जानकारी गराए ।


निगम भन्छन्, ‘पत्रकारको भूमिका हामीले ऋषि सरकै लागि भनेर लेखेका थियौं । त्यसमा उहाँबाहेक अरुलाई सुहाउँदै सुहाउँदैन । उहाँले पनि भूमिका मन पराएर काम गर्न तयार हुनुभयो । फिल्ममा उहाँको अर्थपूर्ण उपस्थिति रहनेछ ।’ धमला फिल्मको छायांकनका लागि बैशाख तेस्रो साता लमजुङस्थित भुजुङ गाउँ जाने जनाइएको छ । त्यहाँ उनको एक दिनको छायांकन हुनेछ ।

फिल्ममा सौगात मल्ल, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ । ब्रेकअपपछि पहिलोपटक सौगात र सृष्टि फिल्ममा एकसाथ देखिन लागेका हुन् । केही दिनदेखि भुजुङ गाउँमा फिल्मको छायांकन भइरहेको छ । यसपछि गोरखा र चितवनमा छायांकन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना