अभिनेत्री दीपिकालाई यस्तो गम्भीर आरोप लागेपछि..

Posted on: 26 Dec, 2019

पुस १०, एजेन्सी | बलिउड अभिनेत्री दीपिका पादुकोणको फिल्म 'छपाक'लाई स्क्रिप्ट चोरीको आरोप लागेको छ | पिकाको निर्माणमा आगामी साता रिलिज हुन लागेको उक्त फिल्मको स्क्रिप्ट भारतीय लेखक राकेश भारतीले चोरीभएको भन्दै अदालतमा मुद्दा दर्ता गरेका हुन् |

उनले फिल्ममा ‘लेखकको रुपमा आफूलाई क्रेडिट दिन पनि अदालतमा अपिल गरेका छन् | सन् २०१५ मा भारतीय मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिऐसनमा दर्ता गराएर ब्ल्याक डे नामक फिल्म बनाउने तयारीका लागि आफूले तयार गरेको स्क्रिप्टअनुसार छपाक निर्माण भएको भन्दै उनले अदालतमा मुद्दा दर्ता गरेको जनाइएको छ | लेखक राकेशले  ‘छपाक’ को निर्मातालाई यसबारे जानकारी गराउँदा कुनै प्रतिक्रिया नआएपछि अदालतमा मुद्दा दर्ता गराएको उनका वकिलकाे भनाइ छ | 

मुद्दाको सुनावाइ भने आगामी शुक्रबार हुँदैछ। आफूले निमार्ण गरेको फिल्ममा नायिका पादुकोनको मुख्य अभिनय छ भने विक्रान्त मेस्सी नायकका रुपमा देखा पर्ने छन् | एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको कथामा आधारित मेघना गुलजारद्वारा निर्देशित ‘छपाक’ फिल्म आगामी जनवरी १० मा रिलिज हुँदैछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!