चम्किँदै छन् राजेन्द्र

Posted on: 14 Sep, 2016

प्रभात सुवेदी । भाद्र २९, बर्दिया । यतिखेर बर्दियाली युवा गायक तथा सङ्गीतकार राजेन्द्र बजगाई विदेशमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा व्यस्त रहने गरेका छन् । 


हालै मात्र तीजको सन्दर्भ पारेर बाँके बर्दिया राइजिङ स्टारले मालदिभ्सको राजधानी मालेमा आयोजित भव्य सांगीतिक कार्यक्रममा सहभागीता जनाउन पुगेका बजगाईंले मालदिभ्सका अत्यन्तै मनमोहक दृश्यहरुको समेत मनग्यै फाइदा उठाएका छन् । लोक बहादुर सलामीको शब्द, उनको संगीत र पुष्कर सुनुवारको संगीत संयोजनमा राजेश पायल राईको आवाजमा सजिएको गीत ‘सानु तिमीलाई’ को छायाँकनमा त्यहाँका निकै मनमोहक दृश्यहरुलाई समेटेको उनी बताउँछन् । 

प्रशान्त थापाले निर्देशन गरेको यसको म्युजिक भिडियो नेपालमा आएर इडिटिङ तथा मिक्सिङ र प्राविधिका कार्य सकेपछि चाँडै नै बजारमा ल्याउने तयारी गरिरहेका उनी यो गीतले आफूलाई अझ माथि उठाउनेमा विश्वस्त रहेका छन् । यस गीतको मोडलिङमा इन्द्र सापकोटा र अश्मी वि.सी. रहेका छन् । 

संगीतको औपचारिक रुपमा प्राज्ञिक ज्ञान नलिएतापनि संगीतमा प्रयोग हुने व्याकरणमा निकै दख्खल राख्दछन् उनी । उनी भन्छन् ‘संगीत मेरो जीन्दगी बनिसकेको छ, अब मेरो जिउने आधार पनि यही हो ।’ सानैदेखि संगीतमा रुची राख्ने बजगाईंले पारीवारिक रुपमा पश्रय पाउन नसकेतापनि आफ्नै बर्कतले यहाँसम्म आएको बताउँछन् । हाल उनले संगीत गरेका लोक तथा दोहोरी, लोकपप, आधुनिक तथा गजलहरु निकै चर्चामा छन् । त्यसैमध्ये हालसालै बजारमा आएको उनको रचना र संगीतमा पुष्कर सुनुवार र ज्योती मगरले गाएको करुवा तेलले निकै चर्चा कमाइसकेको छ । 


वर्तमान बजार र मागलाई बुझेर संगीत गर्न सक्ने अकल्पनीय क्षमता उनमा रहेको छ । तर, आफ्नै गाउँठाउँमा आयोजना गरिने मेला तथा महोत्सवहरुमा भने उपेक्षित हुने गरेकोमा दुखेसो पोख्दछन् । यसो हुँदाहुँदै पनि स्वदेश तथा विदेशमा हुने विभिन्न ठाउँका कार्यक्रमहरुमा भने आम दर्शक तथा श्रोताहरुको माया प्रसस्त पाइरहेकोमा भने सन्तुष्ट छन् । 

कार्यक्रमको शिलशिलामा मालदिभ्समा नै रहेका राजेन्द्र बजगाईँ नेपाल आएपछि भने फेरी अरु मुलुकहरुमा कार्यक्रमका लागि जाने तय भएको बताउँछन् । उनले संगीत गरेका गीतहरुमा नेपालका स्थापित गायक गायिकाहरु प्रमोद खरेल, शिशिर योगी, पारु शाही लगायतले आवाज दिइसकेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!