एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ

Posted on: 29 Sep, 2021

असोज १३,  काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ भएका छन् । नेता नेपाल तीन दिनदेखि अस्वस्थ रहेको उनको निजी सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार नेता नेपाललाई ज्वरो र रुघाखोकी लागेको छ । अहिले नेता नेपाल घरमै आराम गरिरहेका छन् । उनको अवस्था सुधारोन्मुख भएको बुझिएको छ । ज्वरो आएपछि नेता नेपालको पीसीआर परीक्षण समेत भएको थियो । जसमा उनको रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!