थप ६७९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ७ सङ्क्रमितको मृत्यु

Posted on: 03 Oct, 2021

असोज १७ , काठमाडौँ ।  पछिल्लो २४ घण्टामा ६ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९२० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ७० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ७४ जना र ३ हजार ८५० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ४०५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ७ लाख ६९ हजार २२४ पुगेको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप ७ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार १६४ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!