कल गर्नुहोस् बाटोघाटोमा सेवा दिन्छौँ : अधिकारी (प्रवन्ध निर्देशक : कृष्णसार ट्रेडर्स, गुलरिया)

Posted on: 08 Oct, 2016

विशेष अन्तरवार्ता ...

पछिल्लो समयमा हामीहरुमा व्यस्तता बढेको छ । समयको बचत गर्न र समयमा काम  गर्नका लागि कसलाई पो हतारो नहोला र तर दिनरात गरी हुने २४ घण्टालाई बढाउन कसैको केही पनि लाग्दोरहेनछ । त्यही समयलाई मानिसले अत्यन्तै सावधानीपूर्वक सदुपयोग गर्नुको विकल्प नहुँदो रहेछ । यसरी समय बचत गर्नको लागि उत्तम विकल्प भनेको नै छिटो यात्रा र समयमा नै तोकिएको गन्तब्यमा पुग्नु रहेछ । यसका लागि आफ्नो इच्छा अनुसारको यात्राका लागि मोटरसाइकल अत्यन्तै उपयुक्त यातायातको साधनका रुपमा रहेको छ । पछिल्लो समयमा मोटरसाइकल किनेर गुढाउने नेपालीहरुको संख्या वृद्धि भैरहेको छ । सबैको पहुँच मोटरसाइकल भएपनि सडकको दूरावस्थाले भने हैरानी भएको छ । मोटरसाइकलबाट हुने सडक दूर्घटनाहरुमा पनि वृद्धि भैरहेको छ । तर यसमा आफूले पनि सावधानी र पालना गर्नु पर्ने नियमहरुलाई साम्ररी बुझनु आवश्यक छ । विशेष गरी चाडबाडको समयमा यस प्रकारका सवारी साधनहरुको विक्रि ह्वात्तै बढेको पाइन्छ । यसै सन्दर्भमा हिरो ब्राण्डको मोटरसाइकलको आधिकारीक विक्रेता गुलरिया स्थित कृष्णसार ट्रेडर्स गुलरियाका प्रबन्ध निर्देशक होमनाथ अधिकारीसँग सासका जिल्ला सम्पादक प्रभात सुवेदीले गर्नुभएको कुराकानी ।


नमस्कार यहाँलाई साझासबाल अनलाइनमा स्वागत छ ।

धन्यवाद, मलाई यसरी कुराकानीको अवसर दिनुभएकोमा ।

दशैंतिहारमा तपाईको ट्रेडर्सले अपनाएको बजार प्रवद्र्धन को रणनीति के छ ? 

– यसपाली हाम्रो मार्केटिङबाट ‘जाउँ हिरो लिउँ क्यास र सुनचाँदी पाऔँ’ भन्ने नारा तय गरेको छ सोही अनुरुप स्कुटरको खरिदमा रू. ६ हजार र मोटरसाइकलको खरिदमा रू.८ हजार छुटका साथै सँगसँगै स्क्राच उपहारमा सुन १ वा २ ग्राम र चाँदी २० वा ५० ग्राम हात खाली नजाने उपहारहरु सियोर सट उपहार राखिएको छ । यसैगरी लक्की ड्र अन्तर्गत एक लाखको उपहार राखिएको छ । हाम्रो सोरुमबाट पनि गुलरिया ११ निवासी विपिन कुमार गुप्ताले १ प्लेण्डर प्रो बाइक खरिद गर्नुभई १ लाख रुपैँया जित्नुभएको छ । वहाँलाई चेक हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ यहाँलाई पनि निमन्त्रणा गरौँला ।  

व्यवसायिक उत्पादनहरले उपहारमा नाममा विकृतिहरु फैल्याइरहेको आरोप छ नि ? त्यसैले हिरोलाई विश्वास गर्ने आधार के हो त ?

–हामीलाई अरुमा के छ थाहा भएन तर हामीले विक्री गरिरहेको मोटरसाइकलबाट सेल्स मार्जिन अत्यन्तै न्यून छ । हामीकहाँबाट घटस्थापनाको दिनदेखि दिनमा ८ देखि १० ओटाको संख्यामा मोटरसाइकलहरु विकिरहेको छ । यसले दिएको गुणस्तर र ग्राहकलाई हुने फाइदाका कारणले पनि हिरो ब्राण्डप्रतिको मोटरसाइमा आकर्षण बढेको हो भन्ने हामीलाई लाग्दछ । उपहारको सवालमा त मैले हजुलाई भनिसकेँ कि हामीले दिने उपहारहरु भनेको सियोर सट उपहारहरु हुन् जसबाट ग्राहकहरुले प्रत्यक्ष रुपमा नै लाभ लिइसकेका हुनाले यसमा कोही पनी ठगिने वा कसैलाई मर्का पर्ने भन्ने कुरा नै हुँदैन । 

साेरुमको सबै भागहरु अवलोकन गर्न सकिने गरी सिसि टिभीको जडान गरिएको ।

यो कुरालाई कसरी विश्वास दिलाउनु सक्नुहुन्छ त ?

– यहाँलाई कसरी प्रष्ट पारुँ भनेदेखि हिरोको अत्याधिक विक्री हुने मोटरसाइकलमा सुपर स्पेलेण्डर हो । यसको बजार मूल्य भनेको १ लाख ७४ हजार  । ६ हजार सियोर सट छुट रहेको छ भने २ हजार मूल्य पर्ने हेलमेट फ्रिमा दिन्छौँ र सुन चाँदी छ । जसमा २० ग्रामको चाँदी परेपनि यसको बजार मूल्य २ हजार छ । अत्यन्तै कम मार्जिन छ । पुरानो मोटरसाइकल दिएर नयाँ लैजान चाहानेहरुको लागि एक्सेन्जको सुविधा पनि छ । 

कृष्णसार ट्रेडर्स जिल्लामा पहिलोपटक अत्याधुनिक प्रविधियुक्त सोरुमको स्थापना गर्नुभएका छ यसका आगामी चुनौतीहरु के के देख्नुभएको छ ? 

– पहिलो कुरा त हाम्रो बजार भनेको जिल्ला सदरमुकाम गुलरिया र आसपासका नगरपालिका तथा गाउँपालिकाहरु हुन् साथै राजापुर, भुरीगाउँदेखि पनि मोटरसाइकल किन्न ग्राहकहरु आउनुहुन्छ । यसरी हेर्दा हाम्रो बजार छिरलिएको अवस्था छ । बाटोको कारणले सर्भिसिङ गर्नका लगि कस्टमरहरु गुलरिया आनउनुभन्दा पनि  नेपालगञ्ज जान सहज मानिरहेको अवस्था छ । अर्को कुरा सदरमुकाममै कुनै काम परेर आएमा मात्रै मोतिपुर सोरहवा, बाँसगढिबाट यहाँसम्म आउनुहुन्छ नत्र त्यस क्षेत्रका सेवाग्राहीहरु पनि नेपालगञ्जमा नै गएर सेवा लिइरहेको अवस्था छ  । हामीले लोकल क्षेत्र हो भनेर  ५५ लाखको लगानी गरेर यो अत्याधुनिक सोरुमको स्थापना गरेको हौँ । अझ सर्भिसमा गुणस्तरीयता होस् भनेर दक्ष मिस्त्रीहरुलाई अधिकृत स्तरको तलब सुविधा दिएर राखेका छौँ । यतिखेर हामीले १० जनालाई रोजगार दिएका छौँ । चुनौतीहरु त धेरै नै छन् तर पनि हामीले ग्राहकहरुलाई गुणस्तरीय सेवा दिन तत्पर छौँ ।

स्पेयर पार्टसको सुविधा 

कृष्णसार ट्रेडर्सको भविष्यको योजना ?

– वर्कसर्पको भोल्युम बढेको छ । २ ओटा ¥याम थप गर्नका लागि  भर्खरै २ कठ्ठा जग्गा थपेको छु । सेल्स पछिको सर्भिसलाई नै मुख्य व्यवसायिक रुपमा सञ्चालन गर्ने योजना छ । बाइक त एक हिसावले देखाउने व्यवसाय मात्रै हो । हामी चल्ने भनेको स्पेयर पार्टस् र सर्भिसिङबाट नै हो । कोही पन हाम्रा सेवा ग्राहीहरुलाई बाटोघाटोमा मोटरसाइकल विग्रीएर अप्ठ्यारो परेको बखतमा फोन सम्पर्क गरेमा जिल्लाको कुनै पनि स्थानमा मोटरसाइकलबाट १÷२ घण्टाको दूरीमा पुगेर निःशुल्क रुपमा अन द स्पोट पनि हामी सेवा दिन्छौ । 

क्र

विक्रीका लागि राखिएका हिराेका माेटरसाइकलहरु ।

 अन्तमा केही भन्न चाहानुहुन्छ कि ? 

– सबै ग्राहकहरुलाइ सेवामा गुणस्तरीयताका लगि कम्पनीको नर्मस् अनुसार मोटरसाइकललाई नियमित सर्भिसिङ गर्नुहुन अनुरोध छ । किनकी बोल्ने त आखिर कागज नै हो । यसो गर्दा हामीलाई पनि कम्पनीसँग डिल गर्न सजिलो हुन्छ र वहाँहरुलाइ पनि फाइदा पुग्छ । यसका साथै सामाजिक उत्तरदायित्व हामीले पूरा गर्न तत्पर छौँ । हाम्रो कारणले ग्राहकले दुःख नपाउन् भन्ने हाम्रो ध्यय हो । हाम्रो यो सोरुमबाट मोटरसाइकल खरिद गर्नुहुने १२ देखि १५ सय सम्म ग्राहकहरु हुनुहुन्छ । यसपालीको हाम्रो लक्ष्य भनेको ४ सय ८० को हो हालसम्म ३ सय कटिसेकोले हामीले लिएको लक्ष्य पूरा हुनेमा आशावादी छौँ । हाम्रा सेवा सुविधामा सन्दर्भमा सुझाब पेटिका राखेका छौँ । सर्भिसिङ पश्चात ग्राहकले खुशी भएर मोकानिक्सलाई दिने टिप्समा विकृति नआओस् भनेर टिप्स बक्स राखि सबैले बाँडेर लिने व्यवस्था गरेका छौँ । 

अन्तमा, विजया दशमी, दीपावली तथा छठको पावन अवसरमा यहाँको व्यवसायको उत्तरोत्तर प्रगतिको लागि शुभकामना ।

– धन्यबाद, हजुर र हजुर आवद्ध यो मिडिया साझा सबाल अनलाइनको पनि उत्तरोत्तर प्रगतिको कामना साथै सम्पूर्ण ग्राहक वर्ग, इस्टमित्र, शुभचिन्तकहरु सबैमा विजया दशमी, दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना छ । आफ्ना कुराहरु राख्ने सुअवसर प्रदान गर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!