हल्का जुँगा पालेको केटा मन पर्छ: सन्ध्या पौडेल

Posted on: 01 Jan, 2017

पछिल्लो समयकी ब्यस्त मोडल हुन् सन्ध्या पौडेल । ‘कोही भन्छन् मलाई स्वर्गकी परी’ ‘जाउला कान्छी जलजला, ‘मेरो मन त डुविरहने’ श्रोताले धेरै रुचाएका आधुनीक गीतमा नृत्य तथा अभनिय गरेकी उनले दर्जनबढी गीतमा मोडलिङ गरिसकेकी छिन् । सन्ध्या अहिले भोजपुरी, नेपाली, राजवंशी गरी ३ वटा भाषामा डविङ भईरहेको ‘सल्मा’ नामको फिल्ममा व्यस्त छिन् । भबिस्यमा राम्रो सम्भाबना बोकेकी डान्सर पनि हुन उनि । थुप्रै स्टेज कार्यक्रममा ब्यस्त उनि दर्शकको माया हौसलाले झन् राम्रो गर्ने प्रयास गर्दै गएको बताउछिन् ।  स्वदेश एवं विदेशका धेरै स्टेजमा धुम मच्चाएकी उनी  स्टेजमा नाँच्दा छुट्टै मज्जा आउने बताउँछिन् । म्युजीक भीडियोमा मोडलिङबाट फिल्ममा काम गर्न थालेकी सन्ध्या  फिल्मको विषय कस्तो छ समेत नसोधी काम नगर्ने बताउछिन् ।

रिलमा धेरैसँग प्रेम गरेकी रश्मीले रियलमा आजसम्म आफुलाई माया गर्ने मान्छे भेटेकी नभेटेको बताउछिन् । प्रेम र विवाहको वारेमा सोच्नसम्म नभ्याएको धारणा राख्ने सन्ध्याले अभिनयवाट सफलता पाएपछी मात्रै विवाह गर्ने बताइन् । ‘यही फिल्डमा नाम चलेपछी मात्र  घरवार जोड्छु ’ उनी भन्छिन् । धेरै हाइफाइ पुरुष उनलाई मन नपने उनलाई समान्य खालको ठिक्क बोल्ने पुरुष मनपर्ने सुनाउछिन् । हल्का पालतो जुँगा पालेको पुरुषहरु  केहीवेर हेरीरहु लाग्ने हुने भन्दे उनी भन्छिन् ‘मलाई  हल्का जुगा पालेको केटा मन पर्छ ।’ उनै मोड तथा नायीक सन्ध्या पौडेलसंग गरिएको ‘टी टक’ यस्तो छ ।


बिहान कति बजे उठ्नुहुन्छ ?

त्यस्तै ७ , ८ बज्छ ।


ब्रेकफाष्ट के खानुहुन्छ ?

अहिले हल्का ज्यान घटाउने योजनामा छु । त्यहि अनुसारको खान्छु । यहि भन्ने छैन । जे पनि हुनसक्छ ।


घरको काम कत्तिको गर्नुहुन्छ ?

खाना बनाउन त्यति भ्याउँदिन । मलाई कोठा र्साहै चिटिक्क बनाउनुपर्छ । अरुले गरेको चित्तै बुझ्दैन । म आफै मिलाउछु । लुगा पनि म आफैं धुन्छु, अरुले धोएको चित्तै बुझ्दैन ।


आजको कार्यक्रम के छ ?

अहिले १२ बजे एउटा कार्यक्रम छ ।  त्यसपछि नयां वर्षको कार्यक्रममा  जानु छ । अनि केहि साथीहरुसँग भेटघाट पनि छ ।


फेसवुक कत्तिको चलाउनुहुन्छ ?

यति नै भन्ने छैन । कम्तिमा पनि एक घन्टामा अपडेट भइरहेकी हुन्छु ।


कतिलाई ब्लक गर्नु भयो होला ?

नराम्रो कमेन्ट गर्नेहरु साथी छन् भने हटाइहाल्छु । महिनामा ३ देखि ४ जना सम्म हुन्छन् मेरो लिष्टवाट बाहिरिने ।


कमाई कत्ती हुन्छ ?

कमाई त कसरि भन्नु फिक्स जागिर छैन । म्युजिक भिडियो र चलचित्रमा काम गरेवापत कमाई हुन्छ ।


कलाकारलाई कत्तिको र्गाहो छ, काठमाडौंमा बाँच्न ?

कुरै नगर्नुस् । जहाँ पायो त्यहि खान नहुने, जस्तो पायो त्यस्तै लाउन नहुने । एउटा कार्यक्रममा जाँदा लगाएको डे्रस अर्को कार्यक्रममा जाँदा लाउन पाईदैन । पब्लिक फिगर भएपछि धेरै कुरा विचार पुर्याउनुपर्ने रहेछ । गाह्रो छ ।


काठमाडौको के कुराले दिक्क बनाउँछ ?

मलाई ट्राफिक जाम देख्दा साह्रै दिक्क लाग्छ ।  जाम र धुलोले हैरान बनाउछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!