पञ्चेबाजा सहित जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान

Posted on: 08 Aug, 2016

नन्दराम जैशी | साउन २४, जुम्ला | जुम्लाको सरकारी टोली आइतबार बडिमालिका भवतीको मन्दिर तर्फ प्रस्थान गरेको छ । नाग पञ्चमीको दिन तिर्थालु सहित सरकारी टोली दिउँसो १ बजे तिर बाजुरा जिल्लामा रहेको बडिमालिका भगवती मन्दिर दर्शनको लागि गएको हो । 

बडिमालिका भगवतीको दर्शन गर्न जाने टोलिलाई नेपाली सेना, नेपाल प्रहरी र सरकारी तथा गैरसरकारी निकाय लगाएत सर्बसाधाणले फुलमाला, अबिरसहित पञ्चेबाजाका साथ पठाएका छन् ।  

बडिमालिका भवतीको मन्दिर तर्फ प्रस्थान गर्ने टोलीलाइ दरबार मालिका भगवतीको मन्दिरमा गएर भगवतिको झोली र तिर्थालुलाई परिक्रमा गराएर बाजुरातर्फ पठाउने गरिएको छ । त्यो मन्दिरमा वर्षको एक पटक सरकारी टोली पुजा गर्नको लागि जाने गर्दछ । बडिमालिका भवतीको मन्दिर तर्फ प्रस्थान गर्ने टोलिलाइ नेपाली सेनाले सलामी दिएर सदरमुकामबाट विदाइ गरेको हो । परम्परादेखि नै बलिमालिका जाने टोलीलाई नेपाली सेनाको टोलीले बेनबाजा र बिगुल फुकेर पठाउने चलन रहि आएको संस्कृतीविद रमानन्द आचार्यले बताउनुभयो ।

जिल्ला प्रशासन जुम्लाका कार्यालय जुम्लाका खरीदार गोविन्द खनालको नेतृत्वमा आज प्रस्थान गरेको एका टोलि १७ दिन पछि जुम्ला सदरमुकाम आइ पुग्ने गर्दछ । जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टिका, विनायो, चाँदीको कांगियो, छत्र, मुरुली गरी ५ वटा पुजाका सामान पेटारो झोलीमा राखेर बडीमालीका मन्दिरमा पुजाका लागि पठाइएको छ ।

त्यस्तै भक्तजनहरुले आफ्नो बरपुर्तिका लागि भेटिसँगै मार्सिधानको अक्षता, फुलपाती, फलफुल, ध्वजा तोरण जस्ता प्रसादहरु पठाएका छन् । जिल्लाबाट गएको टोलिसँगै गाँउ गाँउबाट पनि अन्य भर्मालम्बीहरु थपिदै जाने गर्दछन् । समाजसेवि चित्रलाल श्रेष्ठको घरबाट भगवति निकालेर चन्दननाथ, भैरबनाथ मन्दीर परीक्रममा पछि सो टोलि बढिमालिका प्रस्थान गरेको हो ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!