झापामा एक बालकको डुबेर मृत्यु

Posted on: 11 Feb, 2017

माघ २९, सुरुङ्गा (झापा) । झापाको गौरादहस्थित गेउरिया खोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा झापा गौरादह नगरपालिका–५ बस्ने तुलसी दाहालका छोरा १३ वर्षीय नवीन दाहाल रहेका छन् । दाहाललाई आज बिहान स्थानीयवासीले खोलामा डुबेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । 

इलाका प्रहरी कार्यालय दमक र गौरादहको प्रहरीको टोलीले शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!