पुस ११, झापा । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दिलोज्यान लगाएर खेल्न आग्रह गरेका छन् । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ११, झापा । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दिलोज्यान लगाएर खेल्न आग्रह गरेका छन् । 
<"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेलकुद मन्त्रीले भने- ‘दिलोज्यान लगाएर खेल्नुस्’

११ पुष २०७३, सोमबार ०५:२१

पुस ११, झापा । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दिलोज्यान लगाएर खेल्न आग्रह गरेका छन् । 

धुलाबारीस्थित पासाङ ल्हामु हलमा जुडो खेल्ने क्रममा घाइते भएका कम्मानसिंह विष्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आइतबार राति बिर्तामोडस्थित बि एण्ड सि अस्पताल पुगेका मन्त्री श्रीपाइलीले घाइते खेलाडीको सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताए । 

“दिलोज्यान लगाएर खेल्नुस्, हामी तपाईहरुको साथमा छौँ,” घाइते खेलाडी विष्टलाई ढाड्स दिँदै खेलकुदमन्त्रीले भने– “जसरी भए पनि आफ्नो प्रतिभा देखाउनुस्, हामी छँदैछौँ नी ।” 

“मन्त्रीज्यू हामीलाई प्रशिक्षकको व्यवस्था गरिदिनुस्, नत्र त कसरी खेल्नु ?” घाइते खेलाडी विष्टले भने । 

मन्त्री श्रीपाइलीले चाँडै नै देशभरि विभिन्न खेलका लागि प्रशिक्षकको व्यवस्था गरिने आश्वासन दिए । उनले खेलाडीका लागि स्वास्थ्य बिमा र भत्ताको व्यवस्था गरिएको बताए । 

विभिन्न खेलका प्रशिक्षक सुगममा मात्र बसेका तिनले दुर्गम जिल्लामा खेलाडी उत्पादनमा ध्यान नदिएका मन्त्री श्रीपाइलीको भनाइ थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ