२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

घरधनीबाट किशोरीको शारीरिक शोषण

१७ असार २०७६, मंगलवार ०७:१०

असार १७, झापा | झापाको मेचीनगर नगरपालिका–९ मा अभिभावकसँगै भाडामा बस्दै आएकी १७ वर्षीया दलित किशोरीले आफूलाई घरधनीले  त्रासमा पारी एक वर्षदेखि शारीरिक शोषण गर्दै आएको भनी  कानूनी कारवाहीका लागि प्रहरीमा उजुरी दिएकी छन् । 

पीडित किशोरीको परिवार खड्का थरका स्थानीयवासीको पुरानो घरमा भाडामा बस्दै आएको थियो । घरधनी खड्काले नै शारीरिक शोषण गरेको भनी दोषी किटान गरेर धुलाबारी इलाका प्रहरी कार्यालयमा गत असार २ गते पीडितले उजुरी दिएको उक्त कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिनुभयो ।

अभियुक्त खड्काले असार २ गते साँझ पछिल्लो पटक बलात्कार गरेपछि मेचीनगर–१० स्थित आम्दा अस्पताल नजिकै ती किशोरीलाई  सडकमा अलपत्र छाडेका थिए । स्थानीयवासीले पीडित किशोरीलाई रुँदै सडकमा बसिरहेको अवस्थामा फेला पारेर प्रहरीलाई बुझाएका थिए । अभियुक्त फरार भएकाले खोजतलास तीव्र पारिएको प्रहरी निरीक्षक ठाकुरले बताउनुभयो । पीडित किशोरीले आफूलाई पटकपटक शारीरिक शोषण गरेपछि खड्काले कतै सुनाएमा मारिदिने धम्की दिँदै आएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक