२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यापारीले घटाए मकैको मूल्य, किसान चिन्तित

२४ जेष्ठ २०७८, सोमबार ०५:००

जेठ २४, झापा (रासस)। मकैको उचित मूल्य नपाउँदा झापाका किसान चिन्तित बनेका छन् । कोभिड–१९ को महामारीका कारण सरकारले लगाएको निषेधाज्ञाको बहाना बनाएर स्थानीय व्यापारीले मकैको मूल्य घटाएका छन् । व्यापारीले मनोमानीरूपमा घटाएको मूल्यमा मकै बेच्नु पर्दा किसान चिन्तित बनेका हुन् ।

वैशाखमा निषेधाज्ञा लाग्नु अघिसम्म मकै प्रतिक्विन्टल रु दुई हजार ४०० मा विक्री हुने गरेको थियो । अहिले स्थानीय व्यापारीले किसानलाई प्रतिक्विन्टल रु एक हजार ९०० भन्दा बढी मूल्य दिएका छैनन् । दुई वर्षअघि नै प्रतिक्विन्टल रु तीन हजारमा किसानले मकै बेचेका थिए । 

झापाको कचनकवल, बाह्रदशी, झापा, कनकाई र गौरादहमा मकैको जोन तथा पकेट क्षेत्र विकास गरिएको कारण मकैको उत्पादन बढेको छ । जिल्लामा ४० हजार हेक्टर जमीनमा लगाइएको मकै खेतीबाट करिब दुई लाख ४० हजार मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । 

कचनकवल गाउँपालिका–४ का किसान रघुनन्द गणेशले अढाई बिघा जमीनमा मकै खेती गर्नुभएको थियो । प्रतिबिघा ५० क्विन्टलका दरले उत्पादन भएको जनाउँदै उहाँले व्यापारीकै मूल्यमा प्रतिक्विन्टल रु एक हजार ९०० का दरले बेच्नु परेको बताउनुभयो । “लकडाउन नभएको भए भारतीय व्यापारी पनि आउँथे, आफ्नो दाममा बेच्न पाउँथौं ”, उहाँले भन्नुभयो, “तर यतिबेला स्थानीय व्यापारीलाई उनीहरुकै दाममा दिनुपर्दा मकैमा फाइदा भएन ।”

केन्द्रका कृषि विज्ञ शालिकराम भट्टराईले जिल्लामा रहेका दाना उद्योगहरुले भारतको कोलकाताबाट मकै खरिद गरी ल्याउने र कुनै पनि पालिकामा मकैको लेबलिङ, प्याकेजिङ गरेर ग्रेडिङ छुट्याउने उद्योग नहुँदा किसानले आफ्नो उत्पादन सस्तो मूल्यमा बेच्नुपरेको बताउनुभयो ।

“जिल्लामा धानपछि सबैभन्दा बढी उत्पादन मकैको हुन्छ”, उहाँले भन्नुभयो, “उत्पादन राम्रो हुन्छ तर बजारीकरणमा समस्या हुँदा उनीहरु निरुत्साहित हुन थालेका छन् ।” उहाँले धानमा जस्तै सरकारले मकैको पनि समर्थन मूल्य तोकिदिएको भए किसानलाई राहत हुने उहाँले बताउनुभयो । 

उहाँले जिल्लाका मकै किसानहरु एकीकृत हुन नसक्दा पनि व्यापारीहरुले आफूखुशी मूल्य निर्धारण गरेको बताउनुभयो । जिल्लामा मकै जोन र पकेट क्षेत्रहरु घोषणा गरेर खेती गर्न सरकारले किसानलाई प्रेरित गरेर पनि बजारीकरणमा सहयोग नगर्दा समस्या भएको मकै किसानहरुको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै ठमेलबाट चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा ३ जना पक्राउ