बस दुर्घटनामा गम्भीर घाइते महिलाको मृत्यु

Posted on: 20 Mar, 2017

चैत ७, दमक । झापाको कमलनगर गाउँपालिकामा आइतबार राति भएको बस दुर्घटनामा गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ । 

गम्भीर घाइते दमक नगरपालिका– २ का ३० वर्षीया निता विष्टको गएराति विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घाइते दमक– २ का २३ वर्षीया लक्ष्मी पोखरेल र दमक– ९ का ४१ वर्षीय अनन्त खनालको उपचार भइरहेको छ । कमलनगर गाउँपालिका– ५ सितापुरी चोकमा पूर्वबाट–पश्चिमतर्फ आउँदै गरेको बा३ख ७८१५ नंको बस तीव्रगतिका कारण सडकमा पल्टिँदा १० जना यात्रु घाइते भएका थिए । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!