झापाका पहिलो अधिवक्ता वर्माको निधन

Posted on: 26 Mar, 2017

चैत १३, झापा । झापाका पहिलो अधिवक्ता नरेशकुमार बर्माको ७४ वर्षको उमेरमा निधन भएको छ । 

बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा उहाँको शनिबार साँझ निधन भएको हो । उहाँ केही समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । 

स्वतन्त्र बाम बुद्धिजीवीका रुपमा चिनिनुभएका बर्मा जीवनको उत्तराद्र्धमा वकालत पेसालाई थाती राखेर उद्योग–व्यवसाय गर्दै आउनुभएको थियो । 

विसं २०२६ देखि कानुन व्यवसायमा सक्रिय हुनुभएका बर्माले २०२७ सालमा झापामा ल फर्म खोल्नुभएको थियो । 

बर्माले असहाय, निम्न वर्ग र राजनीतिक अभियोगमा परेका सेवाग्राहीको पक्षमा निःशुल्क मुद्दा लड्ने गरेको वरिष्ठ अधिवक्ता लीला उदासी बताउनुहुन्छ । 

उहाँको आज स्थानीय मेची नदीमा दाहसंस्कार गरिएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!