सवारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

Posted on: 18 Aug, 2017

भदौ २, झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–८ मा नम्बर खुल्न नसकेको सवारीसाधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । 

मृतकको पहिचान भने खुल्न सकेको छैन । गएराति सडकपेटिमा हिँडिरहेका अन्दाजी ६० वर्षीय पुरुष सवारीको ठक्करबाट गम्भीर घाइते भएको र उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ । 

ठक्कर दिने सवारीसाधनको खोजी तथा मृतकको पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!