हात्तीको आक्रमणबाट मृत्यु

Posted on: 01 Nov, 2017

कात्तिक १५, झापा । जंगली हात्तीको आक्रमणबाट झापाको भद्रपुर नगरपालिका–१० स्थित सतार बस्तीमा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ निवासी अन्दाजी ३५ वर्षीय दुर्गाबहादुर कटुवाल रहेका छन् । उनलाई मंगलबार साँझ चाराली जंगलबाट आएका हात्ती लखेट्ने क्रममा हात्तीले आक्रमण गरेको थियो । 

सो क्रममा हात्तीले कुल्चिएर गम्भीर घाइते बनाएपछि मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!