झापामा चिया बगानमा चार हात्ती, आज साँझ भारततिर लखेट्ने योजना

Posted on: 23 May, 2019

जेठ ९, झापा | झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा स्थानीय एक व्यक्तिको चिया बगानमा चार बयस्क हात्ती बसिरहेकाले  स्थानीयवासिन्दालाई घरबाट बाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ । 

बाहुनडाँगी चौकीदेखि करीब डेढ किलोमिटर पूर्व धिमालबस्ती नजिकै रहेको गोपाल निरौलाको चिया बगानमा बिहान ११ बजेतिर ती हात्ती देखापरेका थिए । हात्तीलाई चियाबारीबाट गाउँ पस्न नदिन र त्यहाँबाट भारततिर लखेट्नका लागि डिभिजन वन कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी र जनपथ प्रहरीले घेरा हालेको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश थापाले बताउनुभयो । 

उहाँका अनुसार दिनभर हात्तीलाई बगानमै छेकेर राख्ने र साँझ परेपछि भारततिर लखेट्ने योजना भएकाले सो अवधिसम्म स्थानीयवासीलाई घरबाट बाहिर ननिस्कन र हात्तीलाई नजिस्क्याउन  भनिएको छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!