प्रदेशकाे नाम ‘गण्डकी’ दीप प्रज्वलन गर्न अाग्रह

Posted on: 06 Jul, 2018


पाेखरा, २२ आषाढ

प्रदेश ४ काे नाम गण्डकी हुने भएपछि अाज नेपाल कम्युनिष्ट पार्टीले विज्ञप्ती जारी गरी प्रदेशवासीलाई विजयाेत्सव मनाउन र दीप प्रज्वलन गर्न अनुराेध गरेकाे छ ।

प्रेस विज्ञप्तीकाे पूर्णपाठः


नेपाली जनताको वलिदानीपूर्ण आन्दोलनबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको सन्दर्भमा ३ तहका सरकार, संसद निर्वाचित भई कार्य आरम्भ भएको छ ।प्रदेश नं ४ को प्रदेश संसदबाट सम्पूर्ण प्रदेशवासीको भावना र अभिमतको कदर गर्दै आदीवासी जनजाती, जातजाती, भाषा, धर्म, संस्कृति, भूगोल र इतिहासको साझा पहिचानको रुपमा “गण्डकी” लाई यस प्रदेशको नामाकरण गर्ने निश्चित भएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा), लगायत संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलले आ–आफ्नो दलको तर्फबाट उक्त नाममा संस्थागत निर्णय गरिसकेको अवस्था छ । आज बस्ने संसदको वैठकले उक्त नाम जनप्रतिनिधिहरुको मतबाट पारित हुदैछ ।हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको वैठकले यस प्रदेशको नाम “गण्डकी प्रदेश” राख्ने सर्वसम्मत रुपमा पारित गरेको छ । उक्त प्रस्ताव संसदमा प्रतिनिधित्व गर्ने राजनितिक दलका सांसद मार्फत गण्डकी प्रदेश नामाकरण गरिने छ ।यस अवसरमा सम्पूर्ण माननीय सांसद, आदरणीय जनसमुदायमा हामी हार्दिक आभार प्रकट गर्दे धन्यवाद ज्ञापन गर्दछौँ । यस उपलक्ष्यमा सम्पूर्ण पार्टी कमिटीहरु, पार्टी सदस्यहरु, जनसंगठन लगायत जनसमुदायले उक्त निर्णयलाई हार्दिक स्वागत गर्दै आ–आफ्नो क्षेत्रमा विजय उत्सव मनाउन, दिप प्रज्वलन गर्न सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!