कांग्रेस छाडेका कार्की राप्रपा नेपालको महामन्त्री

Posted on: 18 Oct, 2023

कार्तिक १, कास्की | नेपाली कांग्रेस छाडेर राप्रपा नेपाल प्रवेश गरेका कास्की कांग्रेसका नेता कृष्ण कार्कीलाई सो पार्टीले महामन्त्रीको जिम्मेवारी दिएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेता कार्कीलाई स्वागत गर्दै पार्टीको महामन्त्रीको जिम्मेवारी दिएको बताएका छन् । 


‘नेपाली कांग्रेस परित्याग गरी राप्रपा नेपालमा प्रवेश गर्नुभएका कास्की कांग्रेसका नेता कृष्ण कार्कीलाई हार्दिक स्वागत छ।उहाँलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेको छ’, अध्यक्ष थापाले कार्कीसहितको तस्बिर बुधबार सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छन्, ‘उहाँको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!