प्रदेश ४ को नाम गण्डकी रहने

Posted on: 06 Jul, 2018

असार २२, काठमाडौं । प्रदेश ४ को नाम नामाकरण भएको छ | आज बसेको प्रदेश सभा बैठकले बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राखेको हो। 

प्रस्तावको पक्षमा ५४ मत परेको छ । विपक्षीमा दुई मत खसेको छ । नयाँ शक्ति पार्टीका सांसदहरुले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावको विपक्षमा मत दिएका थिए ।

सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् भने जनमोर्चाका सांसद टेकबहादुर घर्ती अनुपस्थित रहे ।

प्रदेशको स्थायी राजधानी यसअघि नै पोखरा तोकिएको छ ।

प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन प्रदेशसभाले समिति नै बनाएको थियो । समितिले प्रदेशको नाममा गण्डकी, तमुवान-मगरात लगायतको विकल्प दिएको थियो ।

सत्तारुढ दल नेकपामा गण्डकी कि तमुवान-मगरात भन्ने बहस थियो । तर, बुधबार संसदीय दलले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावमा सहमति जुटाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!