कास्की बचत तथा ऋण सहकारी संघको अध्यक्षमा ढकाल

Posted on: 10 Jan, 2017

कमल सुबेदी 

पौष २६, पोखरा |

 कास्की बचत तथा ऋण सहकारी संघको अध्यक्षमा सुदिप ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै गरि  सहकारीको उपाध्यक्षमा भेषराज बराल, सचिवमा दीपकप्रकाश आचार्य, सहसचिवमा लक्ष्मी गौतम सुवेदी, कोषाध्यक्षमा नारायण आचार्य र सञ्चालकहरुमा नरेन्द्र मित्रकोटी, निरज थापा, कमला गिरी र मीना रानाभाट चयन भएका छन् ।

त्यस्तै गरि राष्ट्रिय प्रतिनिधिमा डिल्लिराम तिवारी चयन भएका छन् । निबर्तमान अध्यक्ष भीम गुरुङ कास्की बचत तथा ऋण सहकारी संघको पदेन सदस्य रहनेछन् । संघको लेखा समिति संयोजकमा रुद्रनाथ पौडेल, सदस्यमा श्रीकान्त ढुंगाना र शेरबहादुर कार्की चयन भएका छन् । सहकारी अभियानमा लामो अनुभव संगालेका ढकालले अध्यक्षमा निर्वाचित भएपछि ढकालले सबैलाई समेटेर जिल्लाको वित्तीय सहकारी अभियानको नेतृत्व गर्ने बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!