एमालेको पोखरा लेखनाथ २७ र २८ मा घरदैलो अभियान

Posted on: 27 Apr, 2017

 बैशाख १४ पोखरा  | बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागि नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ र २८ मा उमेदवार सहित घरदैलो अभियानलाई तिव्र पारिएको छ ।यस अघि नै वडा अध्यक्ष सहित सदस्य पदको नाम सर्वसम्वत रुपमा सिफारीस भए पछि यी दुवै वडामा उमेदवार सहितको घरदैलो गर्दै प्रचार प्रसारको अभियानलाई तिव्र पारिएको हो ।

यसै विच वडा नं २७ का बडा अध्यक्षका उमेदवार कुमार गुरुङ सहितको टोलीले विहिवार गण्डकी मेडिकल कलेज अर्घौ हुदै रिठेपानी क्षेत्रका मतदाताहरुसंग प्रतक्ष्य भेटघाट गरि चुनावी एजेण्डा प्रस्तुत गर्दै आफनो पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।

 यसैगरि वडा नं २८ का वडा अध्यक्षका उमेदवार निर्मल दियाली सहितको टोलीले साविक कालिका गाविस वडा नं ३ को काफलघारी ,पिपलडाली र निसानथरमा घरदैलो गरि विकास निर्माणका आवस्यकता र आफना चुनावी एजेण्डाका बारेमा जानकारी गराउदै मत मागेका थिए ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!