पौडेल पक्राउको देउवा द्वारा विरोध,सशक्त प्रतिरोध गर्ने चेतावनी

Posted on: 02 Dec, 2020

मंसिर १७, काठमाडौं | नेपाली सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाइ प्रहरीले पक्राउ गरेको प्रति आपत्ति जनाएका छन् | देउवाले बुधबार तनहुँमा भएको उक्त घटनाको सशक्त प्रतिवाद गर्ने बताएका हुन् |

पौडेललाई प्रहरीले नियन्त्रणमा लिएलगत्तै विज्ञप्ति जारी गरेर देउवाले चेतावनी दिएका हुन् | ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पुरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’देउवाले भनेका छन् |

उनले डेललाई तत्काल रिहा गर्न समेत माग गरेका छन् | सरकारको उक्त कदम निन्दनीय भएको भन्दै उनले भनेका छन्, ‘अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’पौडेलाई बुधबार तनहुमा पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!