प्रहरीलाई घुस दिने युवक प्रहरीकै फन्दामा

Posted on: 17 Aug, 2019

साउन ३२, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी जाँच गर्ने प्रहरीलाई घुस दिने युवकलाई आज पक्राउ गरेको छ ।


सवारी जाँच गर्न ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक कमलबहादुर विकलाई घुस दिन खोज्ने वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेत भूरेलीगाउँ निवासी १८ वर्षीय युवक जीवन रोकायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रवक्ता क्षेत्रीका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत कुमाईचोकस्थित भे९प ३७४ नंको स्कुटी चालक रोकायसँग सवारी चालक अनुमतिपत्र मागिएको थियो ।

 युवक रोकायले सवारी चालक अनुमतिपत्र नभएको कारण देखाउँदै प्रहरी सहायक निरीक्षक विकलाई आज अपराह्न ५ः०० बजे रु ५०० घुस दिएका थिए । सोही घुस दिने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको र अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!