महाअभियोग प्रस्तावको निर्णय गर्ने जिम्मा प्रचण्डलाई

Posted on: 22 Oct, 2016


कात्तिक ६, काठमाडौं । नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्तावका बारेमा निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । 

सरकारको नेतृत्वकर्ता दल माओवादीको हेडक्वाटर बैठक प्रचण्ड निवास लाजिम्पाटमा बसेको थियो । महाअभियोग प्रस्तावमा विभिन्न पक्षसाग समन्वय गरी अगाडि बढ्न आवश्यक निर्णय लिने अधिकार पार्टी अध्यक्ष तथा दल नेता प्रचण्डलाई दिने निर्णय गरेको प्रबक्ता पम्फा भुषालले जानकारी दिईन ।

महाअभियोगबारे औपचारिक निर्णय गर्न नसकेको कांग्रेस र महाअभियोग दर्तापछि अलमलमा रहेको माओवादी केन्द्रले समान धारणा बनाउने बताएको छ ।

एमाले यस अघि नै महअभियोगको पक्षमा छ । काँग्रेस भने अझै औपचारिक निर्णयमा पुगेको छैन । काँग्रेस केन्द्रीय कार्य समिति वैठक सोमवारसम्मका लागि स्थागित भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!