विकास निर्माणमा भागवण्डा गर्दैनौँ—सांसदहरु

Posted on: 28 Oct, 2016

कत्तिक १२, पोखरा | कास्की क्षेत्र नम्बर—२ का सांसदहरुले विकास निर्माणको काममा राजनीतिक भागवण्डा नगर्ने बताएका छन् ।

बाटुलेचौरमा रहेको मैदान आमा समूहको नवनिर्मित भवनको आज उद्घाटन गर्दै, उनीहरुले सामूहिक एकता विना राष्ट्र समृद्ध बन्न नसक्ने बताएका हुन् । सांसद कूमार खड्काले विकास निर्माणका सवालमा आउने झमेला भोग्न आफूहरु तयार रहेको बताउनुभयो । विकासका काम गर्दा अनावश्यक रुपमा मुद्धा खेप्नुपरेकोमा गुनासो गर्दै, उहाँले प्रतिकूल परिस्थिति सामना गर्न पनि तयार रहेको बताउनुभयो । सांसद शारदा पौडेलले कास्कीको समग्र विकासका लागि आफूहरु राजनीतिक विचारमा नअल्झिने बताउनुभयो ।

अर्का सांसद चुडामणि जङगलीले विकास निर्माणमा आफूहरुले साझा एजेण्डा बनाउने र त्यही अनुरुप बजेट विनियोजन गर्ने बताउनुभयो । आमा समूहका अध्यक्ष निर्मला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार वेनीबहादुर बस्नेत, मोहन थापा, हिमालय क्लबका अध्यक्ष जीवनारायण श्रेष्ठ, समाजसेवी डाल्डादेवी भूजेल, समूहका उपाध्यक्ष मिठु थापा, कोषाध्यक्ष मनु बस्नेत, सचिब जोति बस्नेत लगायतले बोेलेका थिए ।

शान्ति मन्त्रालय र स्थानियवासीबाट संकलित ८ लाख ८० हजार रुपैँयाको लागतमा भवन निर्माण गरिएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!