संजित शर्माको संयोजकत्वमा युवा समुह गठन

Posted on: 03 Dec, 2016

मंसिर १८, नवलपरासी । नवलपरासीमाको गण्डक कमाण्ड क्षेत्र स्थित गोपिगंजमा आज एक कार्यक्रमबिच युवा सचेतना समुह समिति गठन भएको छ । स्थानिय युवा संजित शर्माको संयोजकत्वमा २१ सदस्य कार्यसमिति गठन भएको हो । 

समुहका संयोजकमा संजित शर्मा, उपाध्यक्षमा अनोज यादव, शिशुपाल कुश्वाहा, सचिवमा नन्दु, कोषाध्यक्षमा आदित्यपाल, सहसचिमा हरेन्द्र चौधरी र विभिन्न सदस्य गरि २१ जनाको कार्यसमिति तयार गरिएको छ । 

समुहका संरक्षक तथा कार्यक्रममा प्रमुख अतिथि एवं उखु उत्पादक कृषक समिति नवलपरासीका जिल्ला अध्यक्ष समेत रहनु भएका उमेशचन्द्र यादवले यस क्षेत्रको समाजिक विकास र युवाहरुलाई संगठित गर्ने उद्देश्यले यस समुहको स्थापना गरिएको बताउनु भयो । अध्यक्ष यादवले पछिल्लो समयदेखि अधिकांश स्थानिय युवाहरु बेरोजगार भई विदेश पलायन हुने, लागु औषध दुव्र्यसनी तर्फ लम्किने, चोरी तस्करीमा लाग्ने र सामाजमा विभिन्न किसिमका समस्या निम्तयाउने हुँदा यसतो विकृतिलाई रोकथान गर्न यस समुहलाई तयार गरिएको बताउनु भयो । युवाहरुलाई संगठित गर्दै सामाजिक कममा लगाउने र बढदो विकृतिलाई रोक्न युवाहरुको विशेष भुमिका रहने विश्वास लिएको बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!