सुटुक्क आएका पर्यटनमन्त्री सुटुक्कै किन फर्किए काठमाडौँ ?

Posted on: 14 Jan, 2017


दलसिंह गिरी/माघ १, कालिकोट । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाही निर्माणाधिन सुनथराली विमान स्थलमा आज फिस्टे हेलिकोप्टर मार्फत सुटुक्कै आएर सुटुक्कै फर्किनु भएको छ । 

आफु पर्यटन मन्त्रि हुँदा कालिकोटको एक मात्र निर्माणाधिन सुनथराली विमान स्थल आफ्नै कार्यकालमा सम्पन्न गरिसक्ने भनि गरिएको प्रतिवद्धता अनुसार कामको अवस्थाबारे बुझ्न निर्माणधिन स्थलमा सुटुक्क दोश्रो पटक आउनु भएको हो ।

नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक शन्जिप गौतम र आफ्नो अंगरक्षकको साथमा आज दिउसो करिव २ बजे निर्माणाधिन विमानस्थल आउनु भएका शाही निर्माणकार्य अध्ययन गरी काठ्माण्डौ फर्किनु भएको छ । 

करिव ६ सय ९० मिटर लम्बाई र ६० मिटर चौडाई स्टामेट रहेको विमान स्थलमा यहि माघ महिना भित्र टेष्टफ्लाईट गरिसक्ने प्रतिवद्धता अनुसार काम भए नभएको अध्ययन गर्न पर्यटन मन्त्रि शाही र महानिर्देशक गौतम आफै विमान स्थलमा पुग्नु भएको नेपाल नागरिक उड्यन प्राधिकरणका इन्जिनीयर रत्न बहादुर श्रेष्टले बताउनु भएको छ ।

सुनथराली विमानस्थल निर्माणको जिम्मा पाएका ठेकेदार केदार कार्की र आफु विमानस्थल निर्माण कार्य रप्तारमा लैजान निर्माण स्थलमै एक हप्ता देखि खटिएकाले अब माघ महिना भित्र टेष्ट फ्लाईट हुनेमा आशाबादी रहेको इन्जिनियर श्रेष्टले बताउनु भएको छ । 

विमानस्थलमा तत्काल धावनका लागि ४० मिटर चौडाई भएको करिव ५ सय ५० मिटर धावन मार्ग सफा भैसकेकाले अब बाकी १ सय ४० मिटर धावनमार्ग कुनै प्राकृतिक विपत्ति नआईलागे माघ २५ सम्म सम्पन्न गरी टेष्टफ्लाईट गर्न सकिने इन्जिनियर श्रेष्टले बताउनु भएको हो । 

विगत ३ दशकदेखि निर्माणाधिन अवस्थामा रहेको विमानस्थलको यो पटकको ठेक्का टेन्डर करिव १ करोड ५० लाख रहेको र यसको अवधि आउदो साउन सम्म भएकाले टेन्डर अनुसार बिमान धावनमार्गको निर्माण कार्यका लागि जति पनि कामदार परिचालन गर्न सकिने बताउनु भएको छ ।

निर्माणधिन विमानमा कामदारहरु चलाउदै आउनु भएका स्थानीय डन्डमान महताराले हाल करिव १ सय ५० जना कामदार दैनिक धावनमार्ग निर्माण कार्यमा खटिएकाले माघ भित्रै धानमार्ग सफा भै टेष्टफ्लाईन गर्न सकिने मन्त्रिशाहीलाई जानकारी गराएको बताउनु भएको छ । 

सुटुक्क निर्माण स्थल आउनु भएका मन्त्रिको बिषयमा बताउदै आफु निर्माणाधिन विमानको छट्के अनुगमनको लागि यहाँ आएको र निर्माण कार्यमा कुनै समस्या आईलागेको छ भने तत्काल त्यसको समाधानको उपायका लागि मातहतका निकायलाई निर्देशन दिनका लागि विमान स्थल पुगेको मन्त्रि शाहीले बताउनु भएको महताराले बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!