स्ववियुकाे निर्वाचन स्थानिय निर्वाचनसँग जाेडिएकाे छ: स्वास्थमन्त्री थापा

Posted on: 21 Feb, 2017


प्रज्वल पाैडेल । फागुन १०,काठमाण्डाैँ । स्वास्थ मन्त्री गगन थापाले स्ववियुकाे निर्वाचन स्थानिय निर्वाचनसँग जाेडिएकाे बताउनुभएकाे छ । मंगलबार त्रिचन्द्र क्याम्पसमा भएकाे एक कार्यक्रममा बाेल्दै उहाँले निर्वाचन देशकाे अावश्यकता भएकाेले मिति घाेषणा गरिएकाे बताउनु भएकाे हाे । उहाँले भन्नुभयाे -"स्ववियु निर्वाचन क्याम्पससँग मात्र जाेडिएकाे छैन याे स्थानीय चुनावसँग जाेडिएकाे छ, स्थानीय चुनाव देश र राष्ट्रिय चुनावसँग जाेडिएकाे छ ।"

पछिल्लाे समय भाषणबाट मानिसलाई उत्तेजना ल्याउन सजिलाे भएकाे बताउदै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापाले भन्नुभयाे - "पहाड र तराईमा कसरी ताली बज्छ सबै थाहा छ तर राष्ट्रप्रति बफादार हुनुपर्छ । अहिले मधेशमा गएर सबै पहाडि शाेषक र दलाल हुन् भने ताली बज्ने, पहाडमा बसेर तराईमा बस्ने मधेशी धाेति भारतका दलाल हुन्,विखण्डनकारी हुन् भने ताली बज्ने गरेकाे छ ।"

उहाँले अाफू वि.स. २०८८ भन्दा पछाडि राजनीतिमा सक्रिय नरहने यस अगाडिकाे घाेषणा पुन दाेहाेर्याउनु भयाे । उहाँले भन्नुभयाे - "अहिलेकाे युवा अवस्थामा पनि केही गर्न सकिएन भने याे १५ बर्षपछि नेपालकाे विकास हुन सक्दैन, त्यसैले सक्रिय हुनुकाे अर्थ छैन ।"

काङ्ग्रेस नेता थापाले त्रिचन्द्र कलेजमा अध्ययन गर्दाका अनुभव समेत साट्नुभएकाे छ । उहाँले त्रिचन्द्र कलेज सार्ने अभियान दरबारियाले चलाउँदा अाफ्नाे नेतृत्वमा साेहि समयमा दरवार पहिले सार्ने चेतावनी दिएकाे कुरा स्मरण गराउनुभयाे । थापाले नेविसंघकाे लामाे विरासत कायम राख्न र क्याम्पसकाे शैक्षिक विकास गर्न सक्षम नेतृत्व छनाैट गर्न अाग्रह गर्नुभयाे। नेविसंघलाई मत दिने भनेकाे अब नेपाललाई कुन दिशातर्फ लैजाने भन्ने अाधार हुने धारणा राख्नुभयाे।

कार्यक्रममा नेविसंघ केन्दिय समितिका सभापति लगाएतका अन्य नेताहरूले शैक्षिक अान्दोलनमा महत्त्वपूर्ण भुमिका खेल्दै अाएकाे नेविसंघलाई जिताउनु अहिलेकाे अावश्यकता रहेकाे बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!