संविधान संशोधन हुन दिइँदैन: ओली

Posted on: 23 Feb, 2017

फागुन १२, सिन्धुली । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र र जनताको हितविपरीत संविधान संशोधन हुन नदिने बताउनुभएको छ । 

नेकपा एमाले सिन्धुलीले सिन्धुलीमाडीमा आज आयोजना गरेको ३६ औं ऋषिराज देवकोटा स्मृति दिवस एवम् जिल्ला प्रतिनिधि परिषदको उद्घाटन गर्दै अध्यक्ष ओलीले अरुको इसारामा दलहरुले संविधान संशोधनको प्रस्ताव ल्याएको आरोप लगाउनुभयो । 

संसदमा संविधान संशोधनको प्रस्तावलाई ल्याईएला तर कुनै पनि हालतमा एमालेले संविधान संशोधन प्रस्ताव पास गर्नै नदिने उहाँले दोहो¥याउनुभयो । 

स्थानीय निकायको चुनाव हुन नदिनका लागि संविधान संशोधन अनावश्यकको विषय बनाइएको उहाँको भनाइ छ । 

सो अवसरमा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने दुईसयभन्दा बढी नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो । 

यसैबीच अध्यक्ष केपी ओलीलाई हेटौडा चतार राजमार्ग पीडित सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझदै ओलीले भन्नुभयो, “हेटौडा चतार राजमार्गको सुरुवात आफैले गरेको हुँ, यसले सिन्धुलीलाई सम्बृद्ध बनाउने छ तर पनि धेरै वस्ती तथा सम्पत्तिको क्षति नगरी राजमार्ग विस्तार गरिनुपर्छ ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!