पत्रकार महासङ्घ रोल्पाको चुनाव राजनीतिक कारणले रोकियो

Posted on: 29 Mar, 2017

चैत १६, रोल्पा । रोल्पामा राजनीतिक र प्रशासनिक हस्तक्षेपका कारण नेपाल पत्रकार महासङ्घ रोल्पाको चैत ११ गतेका लागि तोकिएको चुनाव रोकिएको खुलासा भएको छ । 

महासङ्घ जिल्ला शाखाका अध्यक्ष महेश न्यौपानेका अनुसार ११ गते सम्पन्न गर्ने भनिएको चुनावका लागि केन्द्रले केन्द्रीय प्रतिनिधि खटाइसकेको र अन्य जिल्लामा अधिवेशन भइरहेकै अवस्थामा चैत ७ गते प्रशासन र राजनीतिक दलका हस्तक्षेपका कारण चुनाव नगर्न दबाब आयो । जसका कारण रोल्पामा पत्रकार महासङ्घको चुनाव सम्पन्न हुन सकेन । 

नेपाल पत्रकार महासङ्घको ६२ औं स्थापना दिवसका अवसरमा रोल्पाको लिबाङमा आज आयोजित स्थानीय तहको निर्वाचनमा मिडियाको भूमिका विषयक अन्तक्र्रिया तथा चियापान कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो खुलासा गरेका हुन् । 

नेपाल पत्रकार महासङ्घ रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगीले महासङ्घको चुनाव रोकिनुको पछाडि राजनीतिक दल र प्रशासनको हस्तक्षेप हुनु राम्रो नभएको विचार व्यक्त गर्नुभयो । 

प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईका अनुसार निर्वाचनको आचार संहिताको कारणले पत्रकार महासङ्घको चुनाव गराउन नमिल्ने भएको हुँदा चुनाव रोकिएको हो भन्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!