एमाले पार्टी कार्यालय सिन्धुपाल्चोकमा मेयरको बिषयमा तालाबन्दी

Posted on: 29 Apr, 2017

बैशाख १६, सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकमा मेयरको विषय लिएर कार्यकर्ताले तालाबन्दी गरेका छन् । 

एमाले स्थायी कमिटिले शनिवार मेलम्ची नगरपालिकाको मेयरमा डम्बर अर्याललाई उम्मेद्वार बनाउने निर्णयसँगै एमाले कार्यकर्ताले क्षेत्रिय कार्यालय मेलम्चीमा तालाबन्दी गरेका हुन् ।

मेलम्ची नगरपालिकाको मयेरमा जिल्लाबाट धर्मकृष्ण श्रेष्ठ, डम्बर अर्याल, मित्रलाल चौलागाई र बालकृष्ण देउजालाई मेयरको लागि केन्द्रमा सिफारिस गरेको थियो । 

तर एमाले स्थायी कमिटिले अर्याललाई उठाउने निर्णयसागै तालाबन्दी गरेको हो । करिब २ सय एमाले कार्यकर्ता आएर क्षेत्रीय कार्यालय मेलम्चीमा शनिवार दिउँसो तालाबन्दी गरेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!